कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत सुदूरपश्चिम प्रदेशको 'पोलिस अफ द मन्थ' घोषित
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) टेकबहादुर रावतलाई २०८३ साल साउन महिनाको "Police of the Month" (उत्कृष्ट प्रहरी) घोषित गरेको छ।
नेपाल प्रहरी सङ्गठनले सुम्पेको जिम्मेवारी प्रभावकारी, लगनशील र कर्तव्यनिष्ठ भई पूरा गरेको भन्दै रावतलाई यो प्रशंसा पत्र र सम्मान प्रदान गरिएको हो।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईद्वारा हस्ताक्षरित प्रशंसा पत्रमा, कञ्चनपुर जिल्ला तथा मातहतमा योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम र सर्वसाधारणमा सुरक्षाको अनुभूति गराउन महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख छ।
साथै, रावतको यो कार्यले प्रहरी सङ्गठनको गरिमा एवं श्रीवृद्धिमा उल्लेखनीय योगदान पुगेको भन्दै आगामी दिनमा पनि अपराध अनुसन्धान तथा नियन्त्रणमा यस्तै उत्कृष्ट प्रदर्शन रहने विश्वास व्यक्त गरिएको छ।