सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा जलविद्युत आयोजना अध्ययनको २४ वर्ष सम्म डिपिआर बनेन्

२०७६ साउन ६, ०१:५६ नवराज पनेरु

अछामको बुढीगंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको २४ वर्ष सम्म पनि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार हुन सकेको छैन्। सरकार आफैले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो तर अहिले सम्म विस्तृत परियोजना प्रतिवेदन तयार नभएको हो।

बुढीगंगा जलविद्युत आयोजनामा सरकारले साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना रहेको छ। अष्ट्रेलीयन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बुढीगंगाको डिपिआर बनाउने जिम्मा पाएका थिए तर पटक–पटक समय थप गरिएपनि डिपिआर तयार भएको छैन्।

तर बुढीगंगा जलविद्युत आयोजनाकी प्रवक्ता ईन्जिनियर पुनम पाण्डेयले डिपिआर बनाउने काम अन्तीम चरणमा पुगेको बताईन्। उनले अबको २० दिन भित्र डिपिआर निर्माणको काम पूरा हुने दावी गरिन्। सरकारी स्तरबाट हुने वेवास्ता र यस क्षेत्रबाट राष्ट्रिय राजनितिमा दख्खल राख्ने नेताहरुको उदासीनताका कारण बुढीगंगा जलविद्युत आयोजना २४ वर्ष सम्म पनि अन्योलताको भुमरीमा परेको हो।

जलविद्युत आयोजनाको डिपिआर समेत तयार नभएपछि अहिले आयोजना स्थल सम्म पुग्ने ७ सय ६७ मिटर सडक, पुल निर्माण भईरहेको छ भने कार्यालय भवनको निर्माण सम्पन्न भएको छ। अध्ययन सुरु भएको २४ वर्ष सम्म पनि जलविद्युत आयोजनाको डिपिआर तयार नभएपनि २०८० भित्रै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा खपत हुने र बाँकी विद्युत कैलालीको पहलमानपुर सम्म पुगाएर केन्द्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य छ। त्यस्का लागि यो असोज भित्रै डिपिआर तयार पारेर टेण्डरको प्रक्रियामा जाने तयारी भईरहेको बुढीगंगा जलविद्युत आयोजनाकी प्रवक्ता ईन्जिनियर पाण्डेयले बताईन्।

डिपिआर तयार भएपनि ग्लोवल टेण्डर हुने भएकाले साउन महिनादेखि नै बोलपत्र आह्वानका लागि भने तयारी भईरहेको अयोजना कार्यालयले जनाएको छ। ४४ महिनाको निर्माण अवधी राखेर टेण्डर आह्वान गरिने भएकाले छिट्टै टेण्डर प्रक्रियामा नगए लक्ष्य अनुसार २०८० सालभित्र आयोजनाको निर्माण सकिनेमा आशंका व्यक्त गरिन थालिएको छ।  
 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस