सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान

२०८१ पुष १३, ०१:०७ खबर संवाददाता

अछामः अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान हुँदैछ। तारा एयरको जहाजले कमलबजार विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो।

परीक्षण उडानका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतको टोली काठमाडौंबाट नेपालगन्ज उडेको छ। परीक्षण उडानका लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल पनि आउने बताइएको छ।

निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान हुन लागेको हो। २०४९ सालदेखि कमलबजार विमानस्थलको निर्माण सुरु भएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनको तयारी हुँदा तत्कालीन माओवादीले आक्रमण गर्दा विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो।

कमेन्ट लोड गर्नुस