कैलालीको भजनीबाट अवैध सामानसहित एक महिला पक्राउ
धनगढीः कैलालीको भजनीबाट अवैध भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छिन्। भजनी नगरपालिका–१ भजनी बजारबाट भजनी नगरपालिका–५ बस्ने ४३ वर्षकी सुशिला रेग्मी पक्राउ परेकी हुन्।
रेग्मीले चलाएको से ४ प ८२१४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य एक लाख त्रिहत्तर हजार तिन सय बराबरको सामानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। भन्सार छलीको सुर्ति, किराना सामान र उक्त नम्बरको मोटरसइकलसहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।