सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा १२ घरधुरीले प्रयोग गर्ने पानीको ‘न्वालो’ पहिरोले पुरियो

फाइल फोटो
फाइल फोटो
२०८१ पुष १३, ०१:४१ खबर संवाददाता

दार्चुलाः दार्चुलामा १२ घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको मुहान (न्वालो) पहिरोले पुरिएको छ।

खानेपानीको न्वालो नै सुख्खा पहिरोले पुरिएपछि स्थानीय समस्यामा परेका छन्। जिल्लाको लेकम गाउँपालिका–२ कैनोडास्थित साच्चोरीमा सुख्खा पहिरोले खानेपानीको मुहानमा क्षति पुगाएको छ। शुक्रबार राति खसेको सुख्खा पहिरोका कारण साच्चोरी बस्तीका स्थानीयले प्रयोग गर्ने दुईवटा खानेपानीको मुहानमा क्षति पुगाएको स्थानीयले बताएका छन्। लेकम गाउँपालिका–२ का स्थानीय केशवराज जोशीका अनुसार शुक्रबार राति गएको सुख्खा पहिरोले साच्चोरीमा २ वटा खानेपानीका मुहानमा पूर्ण रुपमा क्षति भएको छ।

कैनोडा साच्चौरीका १२ घरधुरीले प्रयोग गर्ने पानीको मुहानमा क्षति पुगेपछि पिउने पानीको समस्या सुरु भएको छ। गएराति एक्कासी गएको सुख्खा पहिरोको कारण स्थानीय गोपालदत्त जोशीको उखुबारीमा पनि क्षति पुगेको छ। स्थानीय १२ घरधुरीले प्रयोग गरिरहेका दुईटा खानेपानीका मुहानमा पूर्ण क्षति गरेपछि स्थानीय डेढ घण्टाको बाटो हिँडेर खानेपानीको लागि कैनोडा मुहान जानुपर्ने बाध्यता आइलागेको छ।

कमेन्ट लोड गर्नुस