सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङमा प्लाई उद्योगमा आगलागी

२०८१ चैत्र ११, ०६:२९ खबर संवाददाता

दाङः घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्। 

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए। उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको  बताए। आगलागीको कारण खुल्न सकेको छैन। 
 

कमेन्ट लोड गर्नुस