इटहरी बजारको सेन्ट्रल प्लाजामा आगलागी

बिराटनगरः सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ।
आज विहान सेन्ट्रल प्लाजामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। प्लाजाको भित्र दुई जना फसेको बताएएको छ। उनीहरूको उद्धारका लागि सुरक्षा निकाय र दमकल टोली लागिरहेको छ। प्रारम्भिक जानकारीअनुसार भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन। आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा अहिले नियन्त्रणमा लिन प्रयास भइरहेको छ।


