सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

२०८१ चैत्र १३, ०७:१२ खबर संवाददाता

धनगढीः दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको महाकाली नगरपालिका–९ दत्तु स्थित दार्चुला खलगांदेखी फाप्ला जाँदै गरेको चालक दार्चुलाको मालिकार्जुज गाउँपालिका–२ का नरेन्द्र धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००९९ नम्बरको जिपको ढोकाबाट खस्दा सोहि ठाउँका ३९ वर्षीय विक्रम शामन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार मङ्गलवार दार्चुला खलगांदेखी फाप्ला जाँदै गरेको जिपको दायाँ पट्टिको ढोका आफै खुलेर लड्दा शामन्त घायते भएका थिए। घाइते शामन्तको उपचारको क्रममा मृत्यु भएको जनायएको छ।

 

कमेन्ट लोड गर्नुस