पुनर्वासमा भोलिबाट पाँच लाख पुरस्कारको फुटबल प्रतियोगिता हुँदै
पुनर्वासः कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा भोलिबाट फुटबल प्रतियोगिता हुने भएको छ। पुनर्वास नगरपालिका– ५ मा रहेको न्यू भानु युवा क्लबको आयोजनामा जिल्लाकै सबैभन्दा ठूलो धनराशिको फुटबल प्रतियोगिता हुने भएको हो।
“प्रथम भानु गोल्डकप २०८१” भोलिदेखि सुरु हुने क्लबले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै बताएको छ। प्रतियोगिता भानु खेलमैदानमा हुनेछ। प्रतियोगितामा जिल्ला भित्र र कैलालीका १२ टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। क्लबका सचिव जय सिंह ठकुरीले फुटबल खेलमार्फत उत्कृष्ट प्रतिभाको विकास र खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण सहित लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगितामा प्रथम पुरस्कार पाँच लाखसहित मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजारसहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकका लागि १० हजार नगद, उत्कृष्ट डिफेन्सका लागि१० हजार, प्रत्येक खेलमा म्यान अफ द म्याचका लागि एक हजार पाँच सय, सर्वाधिक गोलकर्ताका लागि १० हजार र खेलभरीकै उत्कृष्ट खेलाडीका लागि १५ हजार पुरस्कारको व्यवस्था गरिएको सचिव ठकुरीले बताए।
न्यू भानु युवा क्लबका अध्यक्ष पदम थापाले पुनर्वासलाई खेलकुदको क्षेत्रमा नयाँ उचाइमा पु¥याउने विश्वास लिएको बताए।