सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोल्याण्ड पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने दुईजना पक्राउ

२०८१ पुष २४, ०३:२१

काठमाडौँः वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट रु ७२ लाख ४८ हजार एक सय ५० र राजेशले रु आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए।

पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर  पठाइएको छ।
 

कमेन्ट लोड गर्नुस