सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीले १५ लाख बिगोसहित भारतीय गाडी भन्सार बुझायो

२०८१ पुष २४, ०७:३८ खबर संवाददाता

धनगढी : सशस्त्र प्रहरीले १५ लाख १९ हजार बिगोसहित भारतीय गाडी भन्सार बुझाएको छ। कैलाली भन्सारले छोडेको यूपी २५ एफटी ०९३८ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतीय फलफूल व्यापारीले मिनी ट्रकमा एक लाख ३९ हजारको अङ्गुर, एक लाख ५२ हजारको अनार र २८ हजारको अम्बा भन्सार छली गरेर धनगढी पुर्‍याएका थिए। भन्सार कार्यालयको उत्तर तिरको सशस्त्र प्रहरी, मिलचोकमा रहेको प्रहरी तथा चौराह क्षेत्रमा रहेको नेपाल प्रहरीको सुरक्षा छल्दै गाडी सहिद गेट नजिक पुगेको थियो। भारतीय चालकले चलाएको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुधवार साँझ कैलाली भन्सार कार्यालय, धनगढी बुझाएको छ।

सशस्त्र प्रहरी, कैलालीका प्रमुख दलबहादुर पाण्डेले गाडीसहितको सामान कैलाली भन्सार कार्यालय बुझाएको बताए। यसअघि कैलाली भन्सारले गाडीसहितको सामान बुझ्न आनाकानी गर्दै आएको थियो।

 

कमेन्ट लोड गर्नुस