सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्डमा साढे एघार सय विद्यार्थी सहभागी हुँदै

२०८१ पुष २३, ०५:३१ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा एक हजार १५३ खेलाडी विद्यार्थी सहभागी हुने भएका छन्।

बुधवारबाट सुरू हुने प्रतियोगितामा धनगढीका ४१ विद्यालयका विद्यार्थी सहभागी हुने भएका हुन्। मङ्गलवार गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे नगर उप-प्रमुख कन्दकलाकुमारी रानाले जानकारी दिएकी हुन्। उनले १५ औं राष्ट्रपति रनिङ शिल्ड पुस २४ देखि २८ गतेसम्म धनगढी रङ्गशालामा आयोजना गरिने जानकारी दिइन्। यो पटक प्रतियोगितामा २६ सामुदायिक विद्यालयबाट ८४० जना र संस्थागत १५ विद्यालयबाट ३१३ जना खेलाडी विद्यार्थी सहभागी हुने भएका छन्।

यो पटक ६ वटा विधाको ५२ वटा इमेन्टमा खेलहरु खेलाइने उप-प्रमुख रानाले बताइन्। राष्ट्रपति रनिङ शिल्डमा यो पटक भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका इभेन्ट हुने भएका छन्। प्रतेक विधामा छात्र र छात्राले अलग-अलग प्रतिस्पर्धा गर्ने उप-प्रमुख रानाले बताइन्। यो पटक राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट ८ लाख  बजेट विनियोजन गरेको उप-प्रमुख रानाले बताइन्।

कमेन्ट लोड गर्नुस