एनपिएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो
२०८१ पुष ६, ०४:०७
धनगढीः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ। आज भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि कब्जा गरेको हो।
सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। १८५ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमलाई स्तब्ध पारेको हो।
कमेन्ट लोड गर्नुस