सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण : गृहमन्त्री थापा

। फोटो स्रोत ।
२०७६ असार ११, ०४:१२

गृहमन्त्री राम बहादुर थापाले लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। बुधबार लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताए।

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको भन्दै कानुनको सफल कार्यान्वयनसँगै रोकथाममूलक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह समेत गरे।

लागुऔषध दुरुपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनोवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए।

कमेन्ट लोड गर्नुस