सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडालाई १–० ले पराजित गर्दै स्वीडेन फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा

। फोटो स्रोत ।
२०७६ असार १०, १०:५२

स्वीडेन फिफा महिला विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सोमबार राति फ्रान्सको पेरिसमा भएको खेलमा स्वीडेनले क्यानडालाई १–० ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। 

स्टिना ब्ल्याकस्टेनसको दोस्रो हाफको गोल निर्णायक बन्दा स्वीडेन विजयी भयो। स्टेनसले खेलको ५५औं मिनेटमा गोल गरेकी थिइन्। क्वार्टर फाइनलमा स्वीडेनले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनीले नाइजेरियालाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो।
 

कमेन्ट लोड गर्नुस