सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाद्धारा इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु

। फोटो स्रोत ।
२०७६ असार ८, ०३:४४

अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर आक्रमण सुरु गरेको छ। इरानमाथि हवाइ हमला नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलापछि यस्तो कदम चालिएको एक प्रतिवेदनले दावी गरेको छ। 
वाशिङटन पोस्टका अनुसार रकेट र मिसाइल प्रणालीलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ। इरानको तेल ट्याङकरमाथि आक्रमण र त्यसपछि इरानले अमेरिकी हवाइ ड्रोन खसालेपछि अमेरिकाले इरानविरुद्ध यस्तो कदम उठाएको हो। 

यो साइबर आक्रमण केही हप्ता जारी रहने बताइएको छ। साइबर आक्रमणले इस्लामिक रिभोल्युसनरी गार्ड कर्पले प्रयोग गर्ने हतियार प्रणालीलाई निशाना बनाउनेछ। आक्रमणपछि यी हतियारको अनलाइन प्रणाली बन्द हुनेछ र अफलाइन प्रणालीबाट सञ्चालन गर्नुपर्ने हुन्छ। 

यद्यपि शनिबार अमेरिकी गृह सुरक्षा विभागले भने इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण गरेको भन्दै चेतावनी दिएको थियो। यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो शैली नबदले अन्य कडा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन्। इरानले आफ्नो परमाणु कार्यक्रम अन्तराष्ट्रिय स्तरमा नै सीमाभन्दा धेरै बढाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बयान दिएका थिए। 

सन् २०१५ को परमाणु सम्झौता अनुसार, इरानमाथि युरेनियम संबर्दधनमाथि सीमा लगाइएको थियो। यसको बदलामा इरानमाथि लगाइएको केही प्रतिबन्ध हटाइएको थियो र इरानलाई तेल निर्यात गर्ने इजाजत दिइएको थियो। तेल नै इरान सरकारको आम्दानीको मुख्य स्रोत हो।  
 

कमेन्ट लोड गर्नुस