सुदूर नेपाललाई विश्वसँग जोड्दै

५० हजार घुससहित त्रिविका सहायक डिन पक्राउ

। फोटो स्रोत ।
२०७६ असार ५, ०१:०५

त्रिभुवन विश्वविद्यालयका सहायक डिन प्राध्यापक डा. नगद रकम सहित पक्राउ परेका छन। बुधबार सांझ त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनले पटेलमाथि अनुसन्धान भइरहेको बताए। घुस काण्डमा विश्वविद्यालयबाट पक्राउ गरिएका पटेल अहिलेसम्मकै उच्च अधिकारी रहेको जनाइएको छ।
  

कमेन्ट लोड गर्नुस