सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदी अरबमा मिसाइल आक्रमण, २६ जना घाइते

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०८:०८

साउदी अरबमा एक विद्रोही समुहले मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन्। यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गर्दा २६ जना घाइते मध्ये केही विदेशी र केही महिला र बालबालीका समेत रहेको अधिकारीहरुले जनाएका छन्। उनीहरुलाई उपचारका लागि नजिकको अस्पतामा लगिएको जनाइएको छ।

तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ। तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ। बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको अन्तरराष्ट्रि मिडियाले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस