सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

२०८१ साउन १८, ०७:४७ खबर संवाददाता

श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।

आजदेखि सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको हो।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए। त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए।

त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४–१४ रन बनाएका थिए। त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २–२ विकेट लिएका थिए। त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए।
 

कमेन्ट लोड गर्नुस