लगातार घट्दै सुनको मूल्य, आज तोलामा ११ सय रुपैयाँ घट्यो
धनगढीः नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ थियो।
तिहारयता सुनको मूल्य प्रतितोला १५ हजार २ सय रुपैयाँले घटिसकेको छ। तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ८० रुपैयाँले घटेको छ। आइतबार ३ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य घटेर सोमबार प्रतितोला ३ हजार ५ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।