सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्बर ३ नेवाः तामसालिङको नाममा नामाकरण गर्न माग

। फोटो स्रोत ।
२०७६ जेठ २५, ०६:१३

प्रदेश नम्बर ३ नेवाः तामसालिङको नाममा प्रदेशको नामाकरण गर्न माग गरिएको छ। शनिबार काठमाण्डौको तमुबौद्ध सेवा समितिमा पत्रकार सम्मेलन गर्दै प्रदेश ३ का सांसदहरुले संविधानले तय गरेका पहिचानका ५ र सामथ्र्यका ४ आधार तथा संघीयताको अन्तराष्ट्रिय अनुभवका आधारमा आफूहरुले नेवाः तामसालिङ  नाम  प्रस्ताव गरेको बताएका छन्।

प्रदेश नम्बर ३ ले बहुपहिचानलाई प्रतिनिधित्व गरेको भएपनि मुख्य बाहुल्य नेवार र तामाङ समुदायको भएको भन्दै सांसदहरुले प्रदेशको नाम नेवा तामसालिङ नै राखिनुपर्ने दावी गर्दै सांसद सीता अधिकारीले विभिन्न सभ्याताहरुको योगको रुपमा रहेको नेवा सभ्यता र बत्तिस हजार वर्ष पुरानो इतिहास बोकेको तामसालिङ सम्भताको वस्तुगत धरालतीय आधारमा बहुपहिचानको प्रतिनिधित्व हुनेगरी नेवाः तामसालिङ नामाकरण गर्नु उपयुक्त हुने तर्क गरिन्।

प्रदेश नम्बर ३ को सचिवालयमा यही जेठ ९ गते सांसद ओम घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक रही ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ प्रदेश राखियोस् भनी प्रस्ताव दर्ता भएको छ। यस प्रस्तावलाई सांसदहरु रत्न ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थन गरेको छ। अहिले सम्म प्रदेशका लागि गौरीशंकर र नेवामण्डल गरी थप दुई नामका प्रस्ताव पनि दर्ता भएका छन्। 
 

कमेन्ट लोड गर्नुस