सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक ग्यारेजमा आगलागी हुँदा ५० लाखको क्षति

२०८२ जेठ २२, ०५:३९ खबर संवाददाता

धनगढी: कैलालीस्थित धनगढीको एक ग्यारेजमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको लालबहादुर चौधरीको ग्यारेजमा आगो लागेको हो।

नेपाल प्रहरीले बिहिवार बिहान ग्यारेजमा आगलागी हुँदा गाडीका विभिन्न पार्ट, पुर्जा र गाडी मर्मतका उपकरणहरू जलेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस