विद्युतीय गाडी दिगो डाँफेको स्वरुम धनगढीमा सञ्चालन

धनगढी: विद्युतीय गाडी दिगो डाँफेको स्वरुम धनगढीमा सञ्चालनमा आएको छ।
नेपालका लागि आधिकारिक विक्रेता एनईभी नेपाल प्रालिले नेपालमा विक्री वितरण गर्दै आएको डिएफएसके डाँफे ब्राण्डका विद्युतीय गाडीको स्वरुम धनगढीमा सञ्चालनमा ल्याईएको हो।

धनगढी र सुदूरपश्चिम प्रदेशको आधिकारिक विक्रेताका रूपमा धनगढीको बोराँडाडीमा ख्वाजा टेड्रर्सको स्वरुम उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले स्वरुमको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा डिएफएसके डाँफे ब्राण्डका विद्युतीय गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता एनईभी नेपाल प्रालिका सिईओ सौरभ श्रेष्ठले डाँफे ब्राण्डका विद्युतीय गाडीहरूको विशेषता र फाईदाहरुका बारेमा प्रस्तुती गरे। उनका अनुसार डिएफएसके डाँफे ब्राण्ड नेपाल भित्र्रिएको पहिलो विद्युतीय गाडी हो। ५ लाख किलोमिटर गुडिसकेको यो गाडी ५ बर्षदेखि नेपालका सडकहरुमा गुडिररहेका छन्। पुरै मेटल बडी भएको र ग्राउण्ड क्लियर्स उच्च भएको यो ब्राण्डका गाडीहरु पहाडी सडक र कच्ची सडकमा पनि सञ्चालनमा अब्बल प्रमाणित भईसकेको सिईओ श्रेष्ठले बताए। अधिकांश विद्युतीय गाडीहरू चढ्ने र सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरूले यो ब्राण्डलाई सबैभन्दा बढी रुचाएको उनको दावी छ।

धनगढीमा स्वरूप सञ्चालन भएपछि यसक्षेत्रका व्यवसायी र नागरिकहरुलाई सहजता भएको छ। अब आफ्नै स्थानबाट गाडी खरिद तथा मर्मत सेवा सहज रुपमा दिन तयार रहेको आधिकारिक विक्रेता ख्वाजा टेड्रर्सका प्रबन्ध निर्देशक डाक्टर मेराज आलम अन्सारीले जानकारी दिए। उद्घाटन कार्यक्रममा नेपाल अटोमोबाईल्स एसोसिएसन सुदूरपश्चिमका अध्यक्ष पुष्कर ओझा, सुन्दर सुदूरपश्चिम यातायातका अध्यक्ष पमराज सापकोटा, खप्तड यातायातका अध्यक्ष अनन्तराज जोशी लगायतले मन्तव्य व्यक्त गरे। सो क्रममा विद्यतुीय गाडीहरूको प्रयोग बढाउँदै वातावरण संरक्षणमा सामूहिक रूपमा लाग्नुपर्नेमा जोड दिएका छन्।
