सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट मनोरोगी महिलाको उद्दार

२०७६ जेठ २२, ११:४८ खबर संवाददाता

कञ्चनपुरबाट एक मनोरोगी महिलाको उद्दार गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ९ को गौरीशंकर सामुदायिव वनको कार्यालय नजिकबाट कमला नाम बताउने महिलाको उद्दार गरिएको हो। उनको ईलाका प्रहरी कार्यालय गुलरियाले उद्दार गरेको मानवसेवा आश्रम कैलालीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख जिवन गुरुङगले जेठ २१ गते राती मनोरोगी महिलाको उद्दार गरिएको बताए।

महिलालाई संरक्षणका लागि मानवसेवा आश्रम धनगढीको शाखामा राखिएको छ। उनको परिवारको बारेमा जानकारी नभएको मानवसेवा आश्रमले बताएको छ। उनले नाम कमला केसी र बुबाको नाम उदय केसी लेख्ने गरेकी छन्। उनको मानसिक रोगको उपचार गर्ने र परिवारसंग पुनरमिलन गर्ने आश्रमले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस