सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोशीमा पानीको सतह उच्च, ब्यारेजका ४६ वटा ढोका खोलिए

२०८१ असार २३, ०८:३०

काठमाडौंः पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन्।

पानीको सतह उच्च भएपछि सप्तकोशी पुलका ढोका खोलिएका हुन्। आज बिहान ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ।यो मापन यस वर्षको अहिलेसम्मकै उच्च रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीले ६ मिटर जल सतह पार गरेको छ।

जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीमा कटान हुन सक्ने र ती क्षेत्रमा डुबान हुने भएकाले उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ। पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको हो।
 

कमेन्ट लोड गर्नुस