सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा उत्पादित सामग्री अब अत्तरियामा लाग्ने प्रदर्शनी बजारमा पाइने

२०८१ असोज १९, ०६:३७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र उत्पादित सामग्री अब कैलालीको अत्तरियामा आयोजना हुने प्रदर्शनी बजारमा राखिने भएको छ।

प्रदेशभित्र उत्पादन गरिएका सामानको विक्रीवितरण, प्रवद्र्धन गर्न प्रदर्शनी बजार नै लाग्ने भएको छ। दशैंतिहार र छठपर्वलाई लक्षित गरेर नेपाल चेम्बर अफ कमर्श, कैलाली चेम्बर अफ कर्मर्श र सम्वृद्ध सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा प्रदर्शनी बजार नै लाग्ने भएको हो। ‘सुदूरपश्चिमकै लगाउने, सुदूरपश्चिमकै खाने’ मुल नारा दिएर यस्तो बजार प्रदर्शनीको आयोजना गरिन लागेको हो।

शनिबार अत्तरियामा आयोजकले पत्रकार सम्मेलन गरेर असोज २२ देखि कार्तिक १७ गतेसम्म सुदूरपश्चिममा उत्पादित सामग्रीको बिक्रीवितरण र प्रवद्र्धनका प्रदर्शनी बजार लाग्ने बताएको छ। सुदूरपश्चिममा उत्पादित जे–जे हामीले देखेका र पाएका छौँ ती सबै वस्तुहरूलाई बजारमा ल्याउने नेपाल चेम्बर अफ कमर्श सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्लले बताए। प्रदर्शनी बजारमा सुदूरपश्चिममा उत्पादित वस्तुहरूमा राखिनेछ। यसका लागि निःशुल्क स्टलको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस