सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु 

२०८१ असोज १९, ०२:५० खबर संवाददाता

लमजुङः बाबुको हँसिया प्रहारबाट छोराको ज्यान गएको छ।

मर्स्याङ्दी  गाउँपालिका– २ प्रोवीगाउँ निवासी ५७ वर्षीय बाबु सन्तबहादुर तामाङ र २७ वर्षीय छोरा सोमबहादुर तामाङबीचमा मापसे गरेपछि घरायसी झगडा हुँदा छोराको ज्यान गएको हो। शुक्रबार साँझको समयमा बाबु छोरा दुबै घरमानै बसेर मापसे गर्दे थिए। मापसे सेवनकै क्रममा बाबु र छोराबिच झगडा सुरु भएको र झगडा बढ्दै जाँदा दुवैबिच हात हालाहाल भएको  प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको थियो। ५७ वर्षका सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको हो।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। डीएसपी श्रीवास्तवका अनुसार दुवैजना मदिरा सेवन गरेर बसेको र एकआपसमा झगडा भएपछि घटना घटेको देखिन्छ।

कमेन्ट लोड गर्नुस