सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कर्मचारीलाई पूर्व सांसद विष्टको धम्की : लात्ताले कुटेर औकात देखाउछुँ

२०७६ जेठ २१, १२:२३ खबर संवाददाता

कञ्चनपुरमा विद्युतका कर्मचारीलाई एकजना पूर्व सांसदले विद्युतका कर्मचारीलाई गालीगलौज गर्दै हैसियत देखाउने धम्की दिएका छन्। नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व संविधान सभा सदस्य दिवान सिह विष्टले नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख सुनिल कुमार शाहलाई लात्ताले कुटेर हैसियत देखाउने धम्की दिएका हुन्।

पूर्व सांसद विष्टले शाहलाई टेलिफोनमा गाली गर्दै धम्क्याएको अडियो बाहिरिएको छ। अडियो सम्वादमा विष्टले शाहलाई भनेका छन्, ‘त्यो १०–१२ ट्रान्सफर्मर रोक्न के के भनेको थिए सुरुमा तपाईलाई ? तपाईमा  कार्यालय चलाउने क्षमता छैन, अर्काको अन्डरमा बस्ने मान्छे हो, तपाईले आफ्नो क्षमता, क्वालिटी र औकात पनि देखाईसक्नु भो ?’उनले धम्कीपूर्ण भाषा प्रयोग गर्दै चार दिनपछि औकात देखाउने भनेका छन्। 
१० वटा ट्रान्सफर्मर रोक्न भनेको कुरा उल्लेख गर्दै विष्टले वडाअध्यक्षको घरमा ट्रान्सफर्मर र तारा राखिएको आरोप लगाएका छन्। जवाफमा शाहले काम गर्न लगेका होलान भन्दा विष्टले वडाअध्यक्ष तेरो बाबु हो ? ट्रान्सफर्मर तपाईको कार्यालयमा हुने हो की वडा अध्यक्षको घरमा हुने हो ? उनले कर्मचारीलाई एक हप्ता भित्र सरुवा मागेर जान र नगएमा कार्यालयमै आएर लात्तै लात्ताले कुट्ने भनेको कुरा अडियो सम्वादमा प्रष्ट सुनिन्छ।

कम्युनिष्ट पार्टीको कार्यकर्ता हो तिमी ? पूर्व सांसद विष्टले बहालवाला खानेपानी मन्त्री विना मगरको नाम उल्लेख गरेर पनि गाली गलौज गरेका छन्।  यसअघि पनि बेलौरी स्वास्थ्य चौकीका डाक्टरलाई कुटेको आरोप लागेका विष्टले आफ्नो निर्देशनमा नचलेको भन्दै विद्युतका कर्मचारीलाई पनि धम्क्याएको बताईएको छ। 

विद्युत प्राधिकरण बेलौरी केन्द्र प्रमुख शाहले पुर्नवास नगरपालिका क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान गर्दा पूर्व सांसद विष्टले आफ्नो निर्देशन नमानेको भन्दै धम्क्याएको बताए। विष्टले आफूले भनेको स्थानमा ट्रान्सफर्मर वितरण नगरिएको भन्दै स्थानीय कार्यकर्तालाई उक्साएर विद्युत प्राधिकरणमा तालाबन्दी गराउन लगाएको समेत आरोप लागेको छ। सोमबारदेखि विद्युत कार्यालयमा तालाबन्दी गरिएको छ। पूर्व सांसद विष्ट वहालवाला खानेपानी मन्त्री विना मगरसंग कञ्चनपुर क्षेत्र नम्बर एकमा प्रतिनिधी सभा सदस्यमा पराजीत भएका थिए। 
 

कमेन्ट लोड गर्नुस