सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु 

२०८१ असार १८, ०६:०३ खबर संवाददाता

रोल्पा: रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। चारजना गम्भीर घाइते छन्। माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नम्बर–४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा माडि गाउँपालिका–३ तालावाङ वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ निवासी वर्ष ७७ का खडक बहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ति, अमृता घर्तिकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका वडा नम्बर–२ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए। 

यस्तै रेऊघा अस्पतालमा उपचारका लागी पु¥याइएका माडी गाउँपालिका–३ दाबाङ निवासी ७० बर्षिय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ। तर, ति महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। घर्ति गाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा ८ जना बिरामीलाई रिफर गरिएको छ।

माडि गाउँपालिका–२ घर्तिगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढा मगर, वर्ष ४२ की बरमालि घर्ति, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढा मगर, परिवर्तन गाउँपालिका–२ नाफे वर्ष ४५ का दिपक थापा(चालक), गंगादेव गाउँपालिका–७ वर्ष ५० का नैन सिंह पुन, माडी गाउँपालिका–३ दाबाङ वर्ष ४० की दिलकुमारी बुढा मगरलाई थप उपचारकोलागी जिल्ला अस्पतालमा लगिएको छ। रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस