सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य

२०८१ असार २०, ०६:०३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य आएको छ।

केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो। शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताएका छन्।

उनका अनुसार भीमदत्त नगरपालिकाका दुई वटा, लालझाडी गाउँपालिकामा दुई, वेदकोट नगरपालिकामा एक, शुक्लाफाँटा नगरपालिकामा पनि एक विद्यालयको नतिजा शून्य आएको हो।
त्यसैगरी बेलौरी र पुनर्वास नगरपालिकाअन्तर्गत पनि एक/एक विद्यालयको नतिजा खराब आएको शिक्षा इकाइका निमित्त प्रमुख भट्टले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस