सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रकको ठक्करबाट एक बालक घाइते

२०८१ असार २०, ०५:५७ खबर संवाददाता

धनगढीः कैलालीमा ट्रकको ठक्करबाट एक बालक घाइते भएका छन्।

जिल्लाको जानकी गाउँपालिका–९ भगतपुरमा ११ वर्षी बालक आकाश परीयार ट्रकको टक्करबाट घाइते भएका छन्।

कोहलपुर बाँकेका ३२ वर्षीय लिल्लु रसाइलीले चलाएको ना ८ ख ४९९६ नम्बरको ट्रकको ठक्करबाट आकाश घाइते भएका हुन्। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस