सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

२०८१ असार १७, ०९:५१ खबर संवाददाता

रोल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

माडी गाउँपालिका– ३ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना भएको हो। सोमवार दिउँसो भएको दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

कमेन्ट लोड गर्नुस