सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको अध्यक्ष सहित तीन पदमा पुरा नै अनुहार

२०८१ असार २०, ०६:२९ खबर संवाददाता

काठमाडौँः नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष सहित तीन पदमा सर्वसम्मति भएको छ।

एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष चयन भएका हुन्। महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको एकीकृत समाजवादीका नेता विरोध खतिवडाले बताए। त्यस्तै, महासचिवमा घनश्याम भुसाल चयन भएका छन्। उनी यसअघि पनि महासचिव थिए।

एकीकृत समाजवादीको सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन्। उनी यसअघि पनि सम्मानित नेता थिए। पदाधिकारी सहित केन्द्रीय सदस्य पछि चयन गरिने खतिवडाले बताए। ‘प्रदेश समितिसँगको समन्वयमा केन्द्रीय सदस्य चयन गरिनेछ,’ उनले भने।
 

कमेन्ट लोड गर्नुस