सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाढीको जोखिममा परेपछि १६ घरपरिवारको विद्यालयमा बसाइ

२०८१ असार २०, ०९:४८ खबर संवाददाता

दार्चुलाः दार्चुलामा बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको छ।

जिल्लाको मार्मा गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोेखिममा परेपछि १६ घरधुरीका ४८ महिला र ५१ पुरुष गरेर ९९ जनालाई स्थानान्तरण गरिएको छ।

उनीहरुलाई नजिकै रहेको हटीनाथ आधारभुत विद्यालय र सुर्यदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सोमवारबाट परेको अविरल वर्षाले गन्याड खोलामा आएको बाढीको जोखिम बढेपछि जीउधनको क्षति नहोस भनेर बस्तीका मानिसलाई स्थानान्तरण गरिएको हो।

कमेन्ट लोड गर्नुस