सुदूर नेपाललाई विश्वसँग जोड्दै

नमुना विद्यालयका बालबालिकाका लागि नबिल बैँङ्कको सहयोग

२०८१ असार २०, ०६:५४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा नबिल बैँङ्कले सहयोग गरेको छ।

उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा नबिल बैँङ्क धनगढी शाखाले ७८ हजार ७५० रुपैयाँ सहयोग गरेको हो। नमुना विद्यालयमा अध्ययनरत १५ जना बालबालिकाका लागि नबिल बैँङ्कले नगरप्रमुख गोपाल हमाललाई ७८ हजार ७५० रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो।
 

कमेन्ट लोड गर्नुस