सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली च्याउ खाँदा ५ जना बिरामी

२०८१ असार ३, १०:०२ खबर संवाददाता

तनहुँ: जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन्। आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।

कमेन्ट लोड गर्नुस