सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडलका विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

२०८१ असार १२, ०९:१६ खबर संवाददाता

काठमाडौँः  नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन्।

खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रचण्डले बताए। युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस