कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको भजनी नगरपालिका–३ जवलपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ३५ हजार ४० बराबरको सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीका डाटा केवल, चार्जर, ऐरपोर्ड, स्मार्ट वाच, मेगा फोन, गेमिङ चेयर, हेडफोन लगायतका सामान वुधबार साँझ इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनदाएको छ।
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४९ हजार ५९० बराबरको सामान प्रहरीले बरामद गरेको छ। बेलौरीबाट कुलर, इलोक्ट्रोनिक्स लगायतका सामानहरु वुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।