सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई जनाको घरबाट ‘ब्ल्याक कोब्रा’ सर्पको उद्दार

२०८१ असार १२, ०१:४० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा दुई जनाको घरबाट सर्पको उद्दार गरिएको छ।

नगर प्रहरीको टोलीले दुई जनाको घरबाट ‘ब्ल्याक कोब्रा’ नामक सर्पको उद्दार गरेको हो। धनगढी उपमहानगरपालिका–६ का चेतराज भट्टको घरभित्र सर्प पसेपछि नगर प्रहरीको टोलीले उद्धार गरेको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–१ शान्ति टोलका कुलराज जोशीको घरभित्र पनि सर्प पसेको छ। घरभित्र पसेको ब्ल्याक कोब्रा नामक सर्पको उद्दार गरेर नगरप्रहरीले सुरक्षित स्थानमा छोडेको छ।

कमेन्ट लोड गर्नुस