सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हिरोइनसहित गोदावरीका तीन जना पक्राउ

२०८३ मंसिर १३, ०७:४० खबर संवाददाता

धनगढीः अवैध खैरो हिरोइनसहित कैलालीको गोदावरीका तीन जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–७ स्थित लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ३२० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय योगेन्द्र साउँद, २६ वर्षीय खगेन्द्र रावल र २४ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन्। तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस