सडकको क्षेत्राधिकार खाली गर्न धनगढी–४ को ७ दिने नोटिस
धनगढीः कैलालीको धनगढीमा नियमाअनुसार सडकको क्षेत्राधिकार खाली गर्न ७ दिने नोटिस जारी गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले सडकको क्षेत्राधिकार खाली गराउन ७ दिने सूचना जारी गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीको ठेक्का प्रक्रियामा गएका सडकको क्षेत्राधिकार खाली गर्न सूचना जारी गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गत टेम्पल रिसोर्ट–पुरानो कैलाली मोडल स्कुलसम्मको सडक क्षेत्राधिकारभित्र पर्ने क्षेत्र नियमाअनुसार खाली गर्न वडाअध्यक्ष बुद्धीबहादुर खड्काले सूचना जारी गर्दै सम्वन्धित सबैमा आग्रह गरेका छन्।
