सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडकको क्षेत्राधिकार खाली गर्न धनगढी–४ को ७ दिने नोटिस

२०८१ असार १२, ०३:४५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा नियमाअनुसार सडकको क्षेत्राधिकार खाली गर्न ७ दिने नोटिस जारी गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले सडकको क्षेत्राधिकार खाली गराउन ७ दिने सूचना जारी गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीको ठेक्का प्रक्रियामा गएका सडकको क्षेत्राधिकार खाली गर्न सूचना जारी गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गत टेम्पल रिसोर्ट–पुरानो कैलाली मोडल स्कुलसम्मको सडक क्षेत्राधिकारभित्र पर्ने क्षेत्र नियमाअनुसार खाली गर्न वडाअध्यक्ष बुद्धीबहादुर खड्काले सूचना जारी गर्दै सम्वन्धित सबैमा आग्रह गरेका छन्।

May be an image of ticket stub and text

कमेन्ट लोड गर्नुस