कैलाली र कञ्चनपुरबाट खैरोहिरोइनसहित २ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट खैरोहिरोइनसहित २ जना पक्राउ परेकका छन्।
कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मा शिविर स्थित लागूऔषधको कारोबार भइहेको छ भन्ने गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरोहिरोइन १४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर पक्राउ परेका हुन्। किशोरलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ।
यसैगरी कञ्चनपुर भीमदत्त नगरपालिका–११ व्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन ३ ग्राम ५६० मिलिग्रामसहित शुक्लाफाँटा नगरपालिका–११ बस्ने २८ वर्षीय जयराम तिरुवा पक्राउ परेका हुन्। तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।