सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु

२०८१ असार १२, ०३:०१

धनगढीः कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयको सर्पले डसेर मृत्यु भएको हो।

हिजो (मंगलबार) साँझ पाण्डेयलाई सर्पले डसेर मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए। करिब ४१ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले डसेर उनको मृत्यु भएको वडाअध्यक्ष रानाले बताए।

कमेन्ट लोड गर्नुस