सुदूर नेपाललाई विश्वसँग जोड्दै

कविता

२०८१ जेठ २९, ०९:४२

'गाउँ'
थोरै मात्रै साल बदलियको हो,
पात्रो को पाना बदलियको हो,
घडिको सुइ त घुमिरहेकै छ उस्तै गरेर!
स्वाभाविक ठानेको छु बदलिनु पनि
सबैले छोडेर गयपछी गाउँ नबदलियोस पनि कसरी?
बाटो...
बदलियो बाटो– दाउराका भारी बोकेर सहजै हिडने चनेनी को बाटो, अचेल ऐजुरु, तिर्खुला कुयलिले
जेलेकाछन।
हामी गोठालो जाने भुजुन्तला, कालाखोला हरुमा
छैनन अचेल गोरु र गोरु गोठालाहरु–सिर्फ देखिन्छ जताततै बनमाराको झयाङै झ्याङ!

हामी नुहाउने खोला खोल्सा हरुमा–उस्तै बग्दैन
सम्लो पानी!
पिउदैनन रहेछन दोकानमा साझपख कालो चिया–अचेल चियाको सट्टामा बियर आएको रहेछ !
ढुन्का आएको रहेछन–विभिन्न स्वादमा!
अचेल त दशैको रमझममा–काटिदा रहेनछन खसी बाख्राहरु।
यहाँ ब्रोइलर आएबाट खसी बाख्रा पाल्न कोहि चाहदैनन।
अचेल गाउँका
माझिखेत हरु पनि बाझै हुदा रहेछन–जस्लाइ खुब उर्बर मानिन्थ्यो!
गाउँमा थोरै उस्तै देखेको
आत्मियता को त्यान्द्रो छ जो अलिकति ताजै छ
अरु त बदलियो सबैथोक!
बदलियो घरको छानो, खरको बदला घरमा लाग्यो कर्कटपाता !

साथिभाइ पनि उधो मुन्टो लगायर मोबाइल मै ब्यस्त छन
सोधपुछ हुदैन–हालखबर!
बातचित हुदैनन्–मेला पाखाका!
हामी पैदलै जान्थ्यौ घन्टाको लामो बाटो
हामी चार घन्टाको बाटो हिडेर सदरमुकाम जान्थ्यौ!
अहो!
अचेल त गाउँमा पनि छोटो बाटोमा हिड्डुल गर्न मोटरसाइकल चढ्छन
पैदल हिडेर जान मान्दैनन् गैरिटाड सम्म पनि
अचेल 'गाउँ' शब्द मात्रै गाउँ छ।
पुराना मान्छेहरुले
बिर्सियका छैनन पुरानो माया
पुरानै रितिरिवाज
पुरानै बोली भाषा
बिर्सियका छन सिर्फ सहर देखेका मान्छेहरुले
रितिरिवाज बोली भाषा आदि आदि।
घर नजिकैको ....
पुरानो ठूलो काप्रोको रुख अझै जवान देखिन खोजेकै छ–खुइलिय पनि हाङ्गाहरु
झरे पनि पातहरु
चराले घर लगाउन छोडेपनी–उ अझै सम्म कुरेर बसेकै छ कसैको आत्मियता मौनता!
जसको फेदमा सयौं पटक लुकामारी खेल्यौ हौंला
अहो,
उमेर समय सङ्गै बदलियो सबैथोक!

लेखकः बाबु देवकोटा, टीकापुर

कमेन्ट लोड गर्नुस