सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ वैशाख २३, ०७:०९ खबर संवाददाता

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। रानालाई २५० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस