सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट चरेश मुद्दामा फारार एक जना पक्राउ 

२०८२ वैशाख २३, ०७:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट चरेश मुद्दामा फारार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ जेठ ११ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ महिना १२ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ४७ वर्षीय भानदेब भट्ट पक्राउ परेका हुन्। भट्टलाई प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस