सुदूर नेपाललाई विश्वसँग जोड्दै

छानविन टोली गठन गर्ने सहमतीपछि शान्त बन्दै डोकेबजार

२०७६ जेठ १०, १२:४४ खबर संवाददाता

कञ्चनपुरको डोकेबजारमा बीहिबार भएको घटनाको अनुसन्धानका लागि छानविन टोली गठन गर्ने सहमती भएको छ। स्थानीय र प्रहरीबिच छानविन टोली गठन गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने सहमती भएपछि गएरातीदेखि अशान्त रहेको डोकेबजार क्षेत्र शान्त बन्दै गएको छ।  कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक दिनेश कुमार आचार्यले घटनाको छानविनका लागि टोली गठन गर्ने सहमती भएको जानकारी दिए।

घटनापछि ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती पुगेका प्रहरी उपरिक्षक आचार्यले जिल्ला फर्के लगतै आफूले डिएसपीको नेतृत्वमा छानविन टोली गठन गर्ने बताए। उक्त सहमती पछि डोकेबजार शान्त बन्दै गएको उनले जानकारी दिए। प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता गरेको प्रहरीले जनाएको छ।  
सम्बन्धीत समाचार 

भागी विवाह गर्न खोज्दा भएको विवादले कञ्चनपुरको डोकेबजार अझै तनावग्रस्त

कञ्चनपुरको डोकेबजार असान्त, मदिरामा लठ्ठ प्रहरीले जनप्रतिनिधि कुटे

कमेन्ट लोड गर्नुस