सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागी विवाह गर्न खोज्दा भएको विवादले कञ्चनपुरको डोकेबजार अझै तनावग्रस्त

२०७६ जेठ १०, १०:१५ खबर संवाददाता

किशोर, किशोरीले भागी विवाह गर्न खोज्दा भएको विवादका कारण कञ्चनपुरको डोके बजार अहिले पनि तनावग्रस्त छ। सो क्रममा प्रहरीले स्थानीय र स्थानीय तहका जनप्रतिनिधिमाथि कुटपिट गरेपछि डोके बजार क्षेत्र हिजो रातीदेखि नै तनावग्रस्त छ। जिल्लाको पुनरवास नगरपालिका वडा नम्वर ११ का १५ बर्षीय रोमन विक र १४ बर्षीय पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खवर गरेका थिए। सम्झौताका लागि दुवै पक्षलाई प्रहरी चौकी पचकडीयामा बोलाईएकोमा केटालाई घरपरिवारको जिम्मा लगाईएको थियो।

तर केटी पक्षको कोही नआएको भन्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक कर्णवहादुर बमले ईलाकामा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए। सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा वडा नम्वर ११ का अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाईते भएपछि अहिले पनि सो क्षेत्र तावग्रस्त रहेको हो। वडा नम्वर ११ का अध्यक्ष अर्यालले मदिरा सेवन गरेका प्रहरीले एक्कासी लाठी चार्ज गरेपछि आफु सहित तीन जना घाईते भएको बताए। 

स्थानीय मिन वहादुरले प्रहरी निरिक्षक बम सहितका प्रहरी कर्मचारी मदिरामा लठ्ठ रहेको र स्थानीयसंगै जनप्रतिनिधिमाथि समेत ज्यादती गरेको आरोप लगाए। प्रहरीको ज्यादतीका विरुद्धमा गयरातीदेखि नै स्थानीयले आन्दोलन सुरु गरेका छन्। अहिले पनि प्रहरी चौकीमै टायर बालेर स्थानीयले विरोध गरिरहेका छन् भने चौकी समेत घेराउ गरेका छन्। अहिले डोके बजार क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक सहितको टोली डोके बजार पुगेको छ। स्थानीयले हुलाकी सडक समेत अवरुद्ध गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस