निरस पाठ्यक्रमले निम्त्याउने समस्या
वेद प्रकाश उपाध्याय : मानव जीवनमा रस नभई नहुने तत्व हो । हरेक परिवेश विषयवस्तु अनुसार रस फरक फरक हुने गर्छ । जीवनको रस र विषयवस्तुको रस एक अर्काप्रति परिपूरक रहेको पाईन्छ ।
आयुर्वेद अनुसार षड्रस अमिलो, पिरा,े तीतो, टर्रो नुनिलो र गुलियो । रसको आस्वादन लागि विभिन्न रस हरु हुने गर्छन् । वेद जीवनको लागि सोमरस, उपनिषद् प्राणका लागि प्राण रस बनेको, ब्राहमण मन्त्रहरु मधुरस, रामायण जीवन रस बनेको छ काव्य भइसके पछि रस युक्त हुनै पर्छ । साहित्यमा नौ वटा रसको वणर्न गरिएको पाइन्छ । श्रृङ्गार ( प्रेम) , हाँस्य, वीर ,करुण, भयानक, विभत्स, रौद्र , अद्भुत र शान्त गरी नौं वटा रस छन् । मानिसलाई हरेक ठाउँमा कुनै न कुनै रसको अभाव भइरहेको हुन्छ । त्यो अभाव पूरा गर्न साहित्यका नौं रसले प्रमुख भूमिका खेल्ने गर्छ । व्यक्ति निराशा भएपनि निराशालाई हटाउन रसयुक्त विषयवस्तु चाहिन्छ । निराशामा त आस जगाउने काम त्यही रसले हो जुन रसले मानिसलाई मानिस बन्न सिकाउँछ । यसरी हेर्दा रस विनाको संसार कल्पना गर्नु मुर्खता हो ।
वेदान्त दर्शनले आत्म दीपो भवः भन्छ । अर्थात् आफूले आफैलाई जान बुझ, दीपरुपी ज्ञान मार्फत आफूले आफूलाई स्वप्रकाशित आत्मा बनाऊ भन्छ । स्वप्रकाशित बनाउन ज्ञान पनि रस युक्त हुनुपर्छ । शरीरमा पनि विभिन्न रसहरु हुन्छन् ती रसलाई चलायमान बनाउन ज्ञानरुपी रसले प्रमुख भूमिका खेल्ने गर्छ । शिक्षाको परिभाषा दिँदा शिक्षा अन्धकार देखि उज्यालो तर्फ उन्मुख हुनुपर्छ भनिएको छ । अन्धकार देखि उज्यालो तर्फ बढाउन प्रमुख भूमिका पाठ्यक्रम अनि त्यसको विषयवस्तुले खेल्ने गर्छ । हरेक विषयवस्तु आफ्नै मौलिक पहिचान हुन्छ । जहाँ कुनै न कुनै रस लुकेको हुन्छ । त्यो रस विषयवस्तु अनुसार फरक फरक हुन्छ । चाहे साहित्यको रसको कुरा गरौं जहाँ मिठास , तितो, खरो, पिरो हुने गर्छ यी अनि यस्तै रसलाई बुझाउने तरिका पढाउने शिक्षकसँग हुनुपर्छ । निरस पाठ्यक्रम सँगै निरस शिक्षण विधिले निराशा निम्त्याउने हो । निरस हुनु भनेको निराश हुनु हो । अझै पनि हेर्ने हो भने हाम्रा धेरै पाठ्यक्रम अनि पाठ्यपुस्तक पाठ्यसामग्री रसमय छैनन् जसले पढ्ने र पढाउनेलाई निराशा तिर धकेलिरहेको छ । मानिसलाई आत्मबोध हुन छोडिसक्यो ।े मानिसलाई आत्म बोध गराउनुको सट्टा आत्म वियोग गराउन भूमिका निरस पाठ्यक्रमले खेलेको पाईन्छ । यदि विषयमा रस वा स्वाद छैन भने त्यो विषय विषय हुन सक्दैन केवल विष मात्र हुन सक्छ जहाँ मानिसको अकालमै ज्यान जान सक्छ । रस नजान्नाले , यदि कुनै पनि रस सही हिसाबले नपिउनाले यसले ज्यान जाने जोखिम बढाई रहेको हुन्छ । हरेक पाठयक्रम अनि त्यसका विषयवस्तुमा रस छैन भने शिक्षा रूपी स्वादको कारण विद्यार्थी मर्न सक्छ ।
जति पाठ्क्रम बनेका छन् त्यही विषयवस्तुले मानिसलाई संकीणर् बनाइरहेको छ । जति कक्षा बढ्दै गयो त्यति रसले विद्यार्थीहरुलाई तान्नु पर्ने हो । विडम्बना पढेर नै के हुन्छं भन्ने सोच त्यही पाठ्यक्रमले बनाएको हैन र? मानिस दीक्षित त त्यति बेला हुनुपर्ने जति बेला आफू अनि आफ्नो विषयको रसमा खुलेर, डुबेर बोल्न सक्नुपर्छ तब न पो कुनै पनि विषयवस्तु रसिलो छ कि छैन भनेर थाहा हुन्छ । पाठ्यक्रम अनि विषयवस्तु रसयुक्त नभएपछि मानिसलाई अन्धकार तर्फ धकेल्ने गर्छ । विभिन्न आर्थिक सामाजिक समस्याहरु देखापर्छन् । विषय वस्तुलाई रसिलो बनाउन रस युक्त पाठ्क्रम बाट पाठ्यवस्तु तयार हुनुपर्छ । जसले गर्दा नपढ्ने विद्यार्थीलाई रुचि जगाउन र पढिरहेको विद्यार्थीलाई पनि थप पढ्न प्रेरित गर्न रसले प्रमुख भूमिका खेल्ने गर्छ । भाव र रस हुने साहित्यमा त विद्यार्थी छैनन भने अरु विषयमा के होलान् ? विद्यार्थी मा पढ्ने भाव छ तर त्यही भाव भएर पनि विषयवस्तुको अभाव छ जसले गर्दा विद्यार्थी पलायनसँगै विभिन्न विषयमा विद्याथीहरु घटिरहेका छन् । रस बिनाको कुनै पनि विषय पढ्नु भनेको पानी पिउनु सरह हो । न कुनै गन्ध न कुनै स्वाद केही नभएपछि पिउने मात्र पानी हो । मान्छेले आफूले चिन्ने ज्ञान कहिले पढ्यो । नेपालमा हेर्ने हो भने सँस्कृत विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयका पाठ्यक्रम हेर्ने कुन विषयवस्तु होला जहाँ रसलेयुक्त पाठ्यक्रम बनेको छ ? रसलेयुक्त पाठ्यक्रम पढ्ने केही अपवाद बाहेक , निरस शिक्षा पढ्नले किन देह त्याग गरिरहेका छन् ? यो किन बढिरहेको छ । कसैले बुझ्न सकेको छैन ।
पाठ्यक्रम बनाउनेलाई थाहा छैन के पाठ्क्रम बनेको छ । कुनै कुरा बारम्बार पुनरावृत्ति गर्दा स्वतः याद हुनुपर्ने हो । त्यसमा रसले प्रमुख भूमिका खेल्ने गर्छ । न पढाउनेलाई थाहा छ न बनाउनेलाई थाहा छ रसको बारेमा । हिँड्दै छ पाइला मेट्दै छ भन्ने उखान अनुसरण गर्ने खालका विषयवस्तु अनि पाठ्यक्रम बनेका छन् । अनि कस्ता विद्यार्थी उत्पादन हुन भन्ने कुरा नै थाहा छैन । ज्ञान अनि विज्ञानका कुरा खै ? साठी चालीस भनिएको छ । कस्तो विडम्बना स्नातक स्नात्तकोत्तरमा पनि परीक्षा रसमय सँगै तर्क युक्ति र प्रमाण हनुपर्ने भन्दा बढी मौलिकता र गफलाई स्थान दिइन्छ । रस भएपछि निरस हुन्छ । निरस भएको कुराले निराशा बनाउँछ । निराशा भित्र रहेको आशा युक्त रसलाई हटाउन अर्को रसले भूमिका खेल्ने गर्दछ । त्यो रस विषयको रूपमा हुनुपर्छ । । बिषय बाट बिषयी हुँदै ज्ञान भण्डारण हुन जरुरी छ ।
कुनै विषयवस्तु सरस युक्त भएनन् भने निरस हुन्छ नै , निरसको कारण निराशा देखि निशा समान हुँदै मानिस स्वयंको विनास गर्न अग्रसर हुन्छ । रसायन विज्ञान पनि त्यही भन्छ मानिसमा कुनै रस कमी हुनासाथ बिरामी देखि मृत्यु हुन जान्छ। यो कुराको बोध गराउन पाठ्क्रम अनि विषयवस्तु परिमार्जन हुन जरुरी छ । हैन भने निकट भविष्यमा भयावह स्थिति नआउला भन्न सकिँदैन ।