सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ठुला विकास आयोजनाहरूको न्यून बजेट खर्च

२०८२ कार्तिक २१, ०६:२९ कमल सावद

धनगढी : रानी–जमरा कुलरीया सिँचाइ आयोजनाको २ अर्ब २७ करोड ३४ लाख पुँजीगत बजेट चालु आर्थिक वर्षमा विनियोजन भएको थियो। आयोजनाले चालु आर्थिक वर्षका तीन महिनामा २ करोड ७३ लाख ९८ हजार आठ सय ७१ रुपैयाँ खर्च गरेको छ। रानी–जमरा कुलरीया सिँचाइ आयोजनाका कर्मचारीको तलब–भत्ताका लागि चालु तर्फ ७२ लाख ८७ हजार सात सय २६ रुपैयाँ विनियोजन गरिएको थियो। आयोजना कार्यालयका कर्मचारीहरूले तलब–भत्तामा ९८ लाख ४१ हजार खर्च गरेका छन। चालु आर्थिक वर्षमा आयोजना कार्यालयका लागि विनियोजन गरिएको चालु बजेट भन्दा बढी रकम खर्च भएको हो।

रानी जमरा सिँचाइ आयोजना, कृषि कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ३३ लाख पुँजीगत बजेट विनियोजन गरिएको थियो। आयोजना कार्यालयले तीन महिनाको अवधिमा १७ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ। कृषितर्फको र्पुजीगत बजेटमा आधा भन्दा बढी खर्च भएको हो। कृषि तर्फका कर्मचारीको तलब–भत्तामा १८ करोड २१ लाख बजेट विनियोजन गरिएको तलब–भत्तामा १८ करोड २१ लाख बजेट विनियोजन गरिएको छ। आयोजना कार्यालयले चालु तर्फको बजेटमा ४० लाख सात हजार खर्च गरेको छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई, लम्कीले चालु आर्थिक वर्षमा ३६ करोड ८९ लाख ५० हजार विकास बजेट पाएको छ। इकाइको विकास बजेटमा हालसम्म एक रुपैयाँ पनि खर्च भएको छैन। तर, कर्मचारीको तलब भत्तामा एक करोड १८ लाख ३१ हजार विनियोजन गरिएकोमा १८ लाख ३९ हजार खर्च भएको छ। यस्तै, हुलाकी सडक योजना कार्यालय, धनगढीले ३९ करोड ६० लाख पुँजीगत बजेट पाएको छ। पुँजीगत बजेटमा हुलाकी सडकले सात करोड ८० लाख ५३ हजार खर्च गरेको छ। हुलाकी सडक योजना कार्यालयमा चालु तर्फ एक करोड एक करोड ३५ लाख ४६ हजारमा ३८ लाख ६२ हजार खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रणको कार्यालय, कैलालीको तथ्याङ्कअनुसार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको चालु खर्च एक करोड ७० लाखमा, १९ लाख ४८ हजार खर्च भएको छ। फाप्लाको पुँजीगत बजेट भने विनियोजन गरिएको छैन। संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीको २ अर्ब ७० करोड ८५ लाख ५४ हजार विकास बजेटमा पाँच करोड ३५ लाख २१ हजार खर्च भएको छ। कार्यालयको चालु तर्फको एक करोड ८४ लाख ५७ हजारमा ४२ लाख २३ हजार खर्च भएको छ।

क्षेत्रीय आयोजना कार्यान्वयन इकाइको चालु आर्थिक वर्षको विकास बजेट एक अर्ब ४८ करोड ८४ लाख २० हजार छ। चालु आर्थिक वर्षका तीन महिनामा क्षेत्रीय सहरी विकासको तीन करोड २९ लाख ९० हजार विकास बजेट खर्च भएको छ। स्थानीय पूर्वाधार आयोजना, धनगढीको चालु आर्थिक वर्षमा २ अर्ब २८ करोड ३८ लाख ३१ हजार पुँजीगत बजेट विनियोजन गरिएकोमा तीन करोड २९ लाख ९० हजार खर्च भएको छ। आयोजना कार्यालयको चालु तर्फको बजेट २ करोड ९७ लाख ७७ हजार चालु तर्फको बजेट रहेकोमा ४९ लाख खर्च भएको छ। कैलालीका ठुला विकास आयोजनाहरूको खर्च न्यून रहेको छ। जिल्लाका विभिन्न विकास आयोजनाहरूले पहिलो तीन महिनाको अवधिमा विकास बजेट न्यून मात्र खर्च गरेका हुन्। विकासे अड्डाका कर्मचारीको तलब–भत्तामा ठुलो रकम खर्च भएको छ। भने विकास बजेट न्यून मात्र खर्च भएको हो।

जिल्लामा जेन–जीको आन्दोलनलगायतका कारणले विकास बजेट खर्च हुन नसकेको तर्क गरिएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस